इथियोपियामा भएको जातीय दंगामा परी बीस जनाको मृत्यु
इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो ।
अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको हो । यहाँको एक चिहानका विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक सो जातीय दंगामा परेर २० जना व्यक्तिको ज्यान गएको हो ।
सो विवादपछि यहाँको एक जातीका मानिसहरु आएर अर्का जातिको समूहका मानिसको आम हत्या नै गरेका बताइएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसहरुलाई उद्धारका लागि प्रयास गरिएको बताइएको छ ।
उक्त क्षेत्रमा विगतदेखि नै जातीय दंगा हुने गरेकाले थप सुरक्षा सतर्कता अपनाइएको भए पनि बुधबार यो आमहत्या भएको अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
-
सांसदहरूको महत्त्वपूर्ण विधायिकी भूमिकाले सच्चिन सक्छ सामाजिक सञ्जाल विधेयक