साबुन उत्पादनमा नेपाल आत्मनिर्भर छ, आयात रोकौँ : साबुन उत्पादक संघ
नेपाल केन्द्रीय साबुन उत्पादक संघले नेपाल साबुन उत्पादनमा आत्मनिर्भर रहेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले साबुनको उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र यस क्षेत्रबाट हजारौंले रोजगारी समेत पाइरहेको जानकारी दिएको हो ।
‘लन्ड्री सोप, डिटरजेन्ट पाउडर, डिटरजेन्ट केक, ह्याण्ड वास, टिस्यू, ट्वाइलेट क्लिनर, फिनेल अगरबत्ति, ट्वाइलेट सप र ट्वाइलेट पेपरमा हामी आत्मनिर्भर छौं,’ संघले विज्ञप्तिमा लेखेको छ । हाल देशमा १९ वटाभन्दा बढी यस्ता सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् ।
यी उद्योगले हजारौं मजदुर र कर्मचारीलाई रोजगारी दिएको तथा आयात प्रतिस्थापन गर्दै विदेशी मुद्रा बाहिरिनबाट रोकेको संघले बताएको छ । यस्तै, राज्यलाई कर संकलनमा समेत उल्लेख्य योगदान गरेकाले यी वस्तुको आयात खुलाउने वैशाख १३ गतेको नेपाल सरकारको निर्णय उल्ट्याउन संघले माग गरेको छ ।
यसअघि, यस्ता वस्तुको आयातमा लागिरहेको रोक १३ गतेदेखि खुलेकाले यी वस्तु उत्पादन गर्ने उद्योगहरू धरासायी हुने बताइएको छ । त्यसैले साबिक बमोजिम नै यी वस्तुको आयातमा पूर्ण बन्देज लगाउन संघले नेपाल सरकारसमक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह