बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साताको अन्तिम दिन नेप्सेमा २० अंकको गिरावट

बिहीबार, १५ वैशाख २०७९, १५ : १९
बिहीबार, १५ वैशाख २०७९

यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो ।

यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका १३ मध्ये सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा सबैभन्दा धेरै १५५ अंकको गिरावट आएको छ ।

यसपछि, विकास बैंक समूह र उत्पादनमूलक उद्योग समूहमा ७४/७४ अंकको गिरावट आएको छ । यसैगरी, निर्जीवन बीमा समूहमा ४१ अंकको गिरावट आउँदा लघुवित्त समूहमा ३८ अंकको गिरावट आएको छ ।

यस्तै, व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ भने वित्त समूह ३० अंकले घटेको छ । सेयर बजार परिसूचक दोहोरो अंकले घटेपनि आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यससँगै, कम्पनीको सेयर प्रतिकित्ता १०३ रुपैयाँले बढेर ११ सय ४२ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप