शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति पार्टीको चुनाव प्रचार-प्रसार समिति गठन

बिहीबार, १५ वैशाख २०७९, १५ : १०
बिहीबार, १५ वैशाख २०७९

नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटीले स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ । गाउँ कमिटीको बैठकबाट ललित ताम्रकारको संयोजकत्वमा चुनाव प्रसार मुल समिति गठन गरेको हो । 

मुल समितिले जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनतासित मत माग्ने जनाएको छ । प्रचार प्रसार मुल समितिले गाउँपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका कार्यक्रम गर्ने बताइएको छ । 

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ कमिटीले चुनाव प्रचार प्रसारका लागि अनुगमन समितिको संयोजकमा जगतबहादुर चौधरी, युवा परिचालन समितिको संयोजकमा उमेश चौधरी , महिला परिचालन समितिको संयोजकमा भीमा महतौ रहेका जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप