शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट निकालिएका कर्ण मल्लले सांसदबाट राजीनामा दिने

बिहीबार, १५ वैशाख २०७९, १४ : ५४
बिहीबार, १५ वैशाख २०७९

नेपाली काँग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा काँग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार पार्टीबाट निस्कासनमा परेका मल्लले डडेलधुरामा विहीबार पत्रकार सम्मेलन गरी  प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।

‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन । आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु , उनले भने । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टीको १४ औँ महाधिवेशन अन्तरगतको जिल्ला अधिवेशन बहिस्कार गरेका मल्लले स्थानीय तह निर्वाचनमा पार्टीको नीति विपरीत एमालेसँग तालमेल गरेका थिए । नेपाली काँग्रेस बीपीको तर्फबाट टिकट एमालेसँग गठबन्धन गरेर काँग्रेस उम्मेदवारविरुद्ध बागी खडा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप