स्याङ्जामा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।
पुतलीबजार नगर प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकीको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएकी हुन् । नेकपा (एमाले)बाट पुतलीबजार प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघिको निर्वाचनमा पनि नगरप्रमुख थिइन् । अर्जुनचौपारीको अध्यक्षमा उम्मेदवार दिएकी गुरुङ यसअघिको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा विजयी भएकी थिइन् । कालीगण्डकीको अध्यक्षमा उम्मेदवारी दिएकी राना काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
यसअघिको निर्वाचनमा जिल्लाको पुतलीबजार नगरपालिकामा एमालेबाट क्षेत्रीले उम्मेदवारी दिई विजयी भएकी थिइन् भने यसपटकको निर्वाचनमा अन्य दुई पालिका प्रमुखमा महिला थपिएका छन् । पालिका उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यमा पनि महिलाको उत्साहजनक उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय स्याङजाले जनाएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा ९७ वडा छन् ।
कूल ५०७ जनाका लागि जिल्लामा तेब्बर बढीको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलबाट जिल्लामा एक हजार ५४७ जनाको उम्मेदवारी परेको छ । यसमा पालिका प्रमुख–अध्यक्षमा ६७, उपप्रमुख– उपाध्यक्षमा ५०, वडाध्यक्षमा ३५१, खुला सदस्य ५८०, महिला सदस्य २६५ र दलित महिला सदस्य २३४ गरी कूल एक हजार ५४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ