अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्व : मन्त्री कार्की
![अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्व : मन्त्री कार्की](https://rpcdn.ratopati.com/media/albums/gyanendra_bdr_karki_Nqpmac8ivm.jpg)
‘लोकतन्त्रको आधारशिला ः व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको सातौँ राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको बैठकले सो नारा तय गर्नुका साथै विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले आमसञ्चार, पत्रकारिता, सञ्चारसम्बद्ध संस्था, आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । साथै सञ्चारमाध्यम, सञ्चारगृह र पत्रकारलाई विशेषाङ्क, लेख, संवाद, अन्तर्वार्तालगायतका कार्यक्रम प्रकाशन र प्रसारण गर्न एवं यस वर्षको दिवसको नारालाई उच्च प्राथमिकताका साथ प्रकाशन–प्रसारण गर्न लगाउने निर्णय बैठकले गरेको छ । दिवसका अवसरमा यही वैशाख २३ देखि २५ गतेसम्म आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले बेलुका दीपावली गर्न पनि अनुरोध गरिएको छ ।
सो अवसरमा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजान सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने, “दक्षिण एसियामा नै नेपाललाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ र यसमा सम्बद्ध निकायहरू पनि उत्तिकै जिम्मेवार रहनुपर्दछ ।”
पत्रकारिता दिवसका अवसरमा तय गरिएको नाराअनुसार समाजलाई निर्देशित गर्न पनि उत्तिकै अग्रसरताको खाँचो रहेको मन्त्री कार्कीले औँल्याए । उनले पत्रकारिता दिवसका अवसरमा पुरस्कृत हुने व्यक्तित्वले जनतालाई प्रेरित गर्न सक्नुपर्ने बताए ।
सो अवसरमा मन्त्रालयका सचिवलगायत उच्च अधिकृत एवं मातहतका विभिन्न सञ्चारमाध्यमका प्रमुख, सञ्चारसम्बन्धी विभिन्न व्यावसायिक तथा पेशागत संस्थाका प्रतिनिधिको उपस्थिति थियो । वैशाख २४ गतेलाई सरकारले विगत सात वर्षदेखि औपचारिकरूपमा राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली