शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट निको भएपछि बुवा बन्न मुश्किल, स्पर्म काउन्ट कम : यसरी गर्नुहोस् समाधान

बिहीबार, १५ वैशाख २०७९, १४ : ०२
बिहीबार, १५ वैशाख २०७९

कोरोनाको असर पुरुषको प्रजनन क्षमतामा पर्छ । अर्थात्, जुन पुरुषलाई कोरोना भएको छ, उनीहरु पिता बन्ने सम्भावना कम हुने गर्छ । यसको दाबी आइआइटी मुम्बईको एक अनुसन्धानमा गरिएको हो । अनुसन्धानका अनुसार कोरोनाभाइरसले संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पारिरहेको छ । अर्थात्, कोरोनाभाइरसको हल्का लक्षणले पनि पुरुषको स्पर्म काउन्ट (शुक्रकिटको संख्या) कम गरिरहेको छ ।

यसको कारण के हो ?

यो अनुसन्धानमा जसलोक अस्पताल मुम्बईका टिमले पनि भाग लिएका छन् । जसलोक अस्पतालकी डाक्टर फिरोजा पारिख भन्छिन्, ‘कोभिडका लागि जिम्मेवार SARS-CoV-2 भाइरसले मुख्य रुपमा श्वास नलीलाई प्रभावित गर्छ । यही भाइरस कोरोनाको हल्का संक्रमणबाट निको भएका पुरुषको प्रजनन अंगमा पनि पाइएको छ । जसका कारण शुक्रकिटमा प्रोटिनको मात्रा कम भए र यसको असर बच्चा जन्माउने क्षमतामा परेको छ ।’

कोरोनाबाट निको भएपछि स्पर्म काउन्ट कसरी बढ्नेछ ?

– भिटामिन, प्रोटिन र जिंकलाई आफ्नो खानामा समावेश गर्नुहोस् ।

– रक्सी र चुरोटबाट टाढा हुनुहोस् ।

– सुत्ने–उठ्ने समय निश्चित गर्नुहोस् ।

– व्यायाम र योग गर्नुहोस् ।

– सकारात्मक सोच राख्नुहोस्, नकारात्मकताबाट टाढै बस्नुहोस् ।

– अश्वगन्धा खानुहोस् ।

– बदाम भएको दुध सधैँ पिउनुहोस् ।

– खाना न त धेरै खानुहोस्, न छोड्नुहोस् ।

– चिल्लो र मसालेदार खानाबाट टाढै बस्नुहोस् ।

– डिब्बामा बन्द गरिएक खानेकुरा र चिसो पेय पदार्थबाट टाढै बस्नुहोस् ।

के हो स्पर्म काउन्ट ?

पुरुषको प्रजनन सिस्टमले शुक्रकिट बनाउँछ जुन हरेक अण्डकोष भित्र वीर्य नलीमा बन्ने गर्छ । शुक्रकिटको माथिल्लो भागमा डिएनए हुन्छ जसले महिलाको अण्डाको डिएनएसँग मिलेर बच्चाको निर्माण गर्छ ।

साधारणतया स्वस्थ शुक्रकिटका लागि ६ वटा मापदण्ड छ तर तीमध्ये दुई सबैभन्दा महत्वपूर्ण छन्, त्यो हो स्पर्म काउन्ट र स्पर्म मोर्टेलिटी ।

डब्ल्यूएचओका अनुसार प्रति मिलिलिटर सिमनमा स्पर्मको संख्या १.५ देखि ३.९ करोड हुन्छ भने त्यसलाई साधारण मानिन्छ ।

कोरोनाबाहेक स्पर्म काउन्ट कुन कारणले कम हुन्छ ?

– थुप्रै सप्लिमेन्ट एकैपटक खानु

– यौनजन्य क्रियाकलापमा सक्रिय नहुनु

– लामो समयसम्म डेस्कमा काम गर्नु

– सधैँ  कस्सिने लुगा लगाउनु

– चुरोट–रक्सीको लत

– खराब जीवनशैली, तनाव र डिप्रेशन

– तौल बढ्नु

– यौनरोग

पुरुष किन हुन्छन् बाँझोपनको शिकारः

पुरुषमा पाइने वाई क्रोमोजोममा थुप्रै जिन हुन्छन् । यसले शुक्रकिट बनाउँछन् र त्यसको गुणस्तर पनि कायम गर्छन् । वाई क्रोमोजोममा यी जिन्स जब गायब वा नष्ट हुन थाल्छन् तब स्पर्म कम हुन थाल्छन् । यसैकारण पुरुषमा बाँझोपनको समस्या बढ्न थाल्छ ।

स्पर्मको क्वालिटी राम्रो बनाउनका लागि के खाने ?

गहुँ, ओट्स, मकै, मुँग, मुसुरो, चना दाल । आँप, अंगुर, अनार, केरालगायतका फलफूल, लौका, परवल, करेला, फर्सी, चुकन्दर आदि तरकारी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप