बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

यस्तो छ सिर्जनाको सात ‘स’ को सङ्कल्प

बिहीबार, १५ वैशाख २०७९, १३ : २७
बिहीबार, १५ वैशाख २०७९

नेपाली काँग्रेसबाट काठमाडौँ महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् । ‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले आफ्नो सङ्कल्पमा महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने सङ्कल्प गरेकी छन् । त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनले बताएकी छन् ।

सङ्कल्प पत्रमा उनले काठमाडौँ महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने बताउनुका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्ण सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने बताएकी छन् ।

हेर्नुहोस् सङ्कल्पपत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप