सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

साउथबाट करियर सुरु गरेका यी हुन् बलिउडका ५ स्टार

बिहीबार, १५ वैशाख २०७९, १३ : १९
बिहीबार, १५ वैशाख २०७९

धेरै मानिस कलाकार बन्ने सपनाका साथ मुम्बई भित्रिन्छन् । तर, कमैको मात्र उदेश्य पुरा हुने गर्छ । कतिपय त फिल्म अभिनयका लागि निर्माता–निर्देशकको कार्यालय बारम्बार धाउँछन् । तर पनि सफल हुँदैन । आज बलिउडका ती अनुहारको चर्चा गर्दछौ । जसले बलिउड प्रवेश अगाडि साउथ (दक्षिण भारतीय) फिल्ममा बनाएका थिए पहिचान । 
अनिल कपुर :
अनिल कपुर अहिले बलिउडका चर्चित अभिनेता हुन् । आफ्नो करियरमा उनले राम लखन, तेजाब, वेलकम जस्ता धेरै सुपरहिट फिल्म दिएका छन् । उनले मणि शर्माद्वारा निर्देशित कन्नड फिल्म ‘पल्लवी अनु पल्लवी’ बाट अभिनय डेब्यू गरेका थिए । यो फिल्म गरेपछि उनी हिन्दी फिल्म उद्योगमा भित्रिएका हुन् । उनले केही हलिउड फिल्म समेत काम गरिसकेका छन् । 
तापसी पन्नु : 
तापसी पन्नुले बलिउडका धेरै ठूला फिल्म अभिनय गरेकी छन् । उनले डेभिड धवनको फिल्म ‘चश्मे बद्दुर’ बाट बलिउड डेब्यु गरेकी हुन् । बलिउड अगाडि उनले साउथ फिल्ममा काम गरेकी थिइन् । उनको पहिलो तेलुगु फिल्म ‘झुम्माण्डी नान्दा’ हो ।

दीपिका पादुकोण :
दीपिका पादुकोण अचेल बलिउडकी शीर्ष नायिकामा गनिन्छिन् । ‘ओम शान्ति ओम’ बाट उनले हिन्दी फिल्ममा डेब्यू गरेकी थिइन् । त्यस अगाडि उनी कन्नड फिल्ममा पनि देखिएकी थिइन् । सन् २००६ मा उनले सुपरस्टार उपेन्द्रसँग ‘ऐश्वर्या’ फिल्म अभिनय गरेकी थिइन् ।

प्रियंका चोपडा :
मिस वर्ल्ड बनेपछि प्रियंका चोपडा रातारात भारतमा चर्चित भइन् । तर, उनलाई यो चर्चाको फाइदा बलिउडमा पुगेन । उनले साउथ फिल्म इन्डस्ट्रीबाट अभिनय करियर सुरु गरिन् । तमिल सुपरस्टार विजयसँग सन् २००२ मा उनले फिल्म ‘थामिजन’ गरेकी थिइन् । त्यसपछि मात्र उनी बलिउड भित्रिएकी हुन् ।

ऐश्‍वर्या राय बच्चन :
ऐश्वर्या राय बच्चनले सन् १९९४ मा विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । तर उनले तत्कालै बलिउडमा काम पाउन सकिनन् । त्यसैले उनी पहिले साउथ फिल्म इन्डस्ट्रीमा लागिन् । ऐश्वर्याले तमिल फिल्म ‘इरुवर’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछिको ‘जीन्स’ फिल्मले उनलाई निकै चर्चित बनायो । त्यसपछि उनले बलिउडमा यात्रा थालेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप