बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखामा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न निर्देशन

बिहीबार, १५ वैशाख २०७९, १३ : ०८
बिहीबार, १५ वैशाख २०७९

गोरखामा सत्ता गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न निर्देशन दिइएको छ । केन्द्रीय निर्देशन बमोजिम गोरखाका राजनीतिक दलले गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने निर्णय गरेका हुन् । 

चुनावी तालमेल गर्न गठबन्धन दलहरुले लामो छलफल गरेपनि सहमति हुन नसकेपछि मित्रवत प्रतिष्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् । गोरखामा सहभागी गठबन्धनका नेताहरुको बैठकले गठबन्धन बाहेक दलसँग तालमेल नगर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए ।

‘हामीले सत्ता गठबन्धनको चुनावी तालमेल गर्न निक्कै प्रयास गर्यौ । सहमति नै हुन सकेन’ थापाले भने,‘अन्तमा केन्द्रको निर्देशन बमोजिम मित्रवत प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने निर्णय गर्यौ ।’ गोरखामा एकाध वडाहरूमा गठबन्धन बाहेकका दलसँग तालमेल भएपछि जिल्ला तहबाटै निर्णय नै गरेर सर्कुलर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप