सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्नेसँग ७० हजार धरौटी माग

बिहीबार, १५ वैशाख २०७९, १२ : ३७
बिहीबार, १५ वैशाख २०७९

महिलासँगको गोप्य तस्विर सामाजिक सञ्जालमा राखेर ‘भाइरल बनाउँछु’ भन्दै व्ल्याकमेल गर्ने युवक धरौटीमा रिहा भएका छन् । चैत २० मा जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं–१६ पकनाजोल घर भएका २६ वर्षीय अकिल अख्तरलाई पक्रेर मुद्दा चलाएको थियो ।

विद्युतीय कारोवार ऐन–२०६३ अनुसारको कसुरमा जिल्ला अदालत काठमाडौंले अख्तरसँग ७० हजार धरौटी मागेको छ । धरौटी रकम बुझाएर उनी हिरासतबाट छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

महिलासँगको गोप्य तस्बिर अकिल अख्तरले निजको श्रीमानलाई पठाएर पारिवारिक बिग्रह ल्याइदिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप