मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कार दुर्घटनामा परे गायक प्रमोद खरेल

बिहीबार, १५ वैशाख २०७९, १२ : ३२
बिहीबार, १५ वैशाख २०७९

गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एउटा अर्काे युद्ध जितियो जिन्दगीसँग भन्दै आफु दुर्घटनामा जानकारी दिएका छन् ।

‘काठमाडौंमा रेकर्डिङ सकाएर हिजो साँझको फ्लाइट लिएर तुलसीपुर दाङको कार्यक्रमका लागि राती १ बजे होटल पुग्नु अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो’ उनले अगाडि लेखका छन्, ‘अर्ध निन्द्रा मै मेरो होस त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्रै झन्डै ४५ मिनेट पछि मेरो होस आएछ ।’ राती ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आएको समेत उल्लेख गरेका उनले अहिले आफु बेड रेष्टमा रहेको जनाएका छन् ।

आयोजकले चलाएको कार सडकको पर्खालमा ठोकिएर दुर्घटनामा परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप