आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको यो शहरमा अबदेखि हुनेछ रुसी मुद्रामा कारोबार : रुसी अधिकारी

बिहीबार, १५ वैशाख २०७९, ११ : ५७
बिहीबार, १५ वैशाख २०७९

रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कब्जा गरेको दाबी गरेको छ । अब यो शहरमा मे १ देखि रुसी मुद्रा रुबलको प्रयोग गर्न थालिने रुसको भनाई छ ।

रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै एक मेदेखि युक्रेनको यो शहरमा रुबलमा लेनदेन सुरु हुनेछ ।

यो क्षेत्रमा मिलिट्री–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स्टिमोसोवले रिया नोवोस्तीसँगको कुराकानीमा संक्रमणकाल चार महिनासम्म रहनेछ र यतिबेला रुसको रुबल र युक्रेनको मुद्रा हर्विनियामा कारोबार हुनेछ ।

चार महिनापछि भने यस प्रान्तमा रुसको मुद्रामा मात्रै कारोबार हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप