आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘कबड्डी–४’

बिहीबार, १५ वैशाख २०७९, ११ : २९
बिहीबार, १५ वैशाख २०७९

फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ ।
‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको छ ।

जेठ १३ गते रिलिज हुने यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्ममा  दयाहाङ र मिरुनाको अलवा सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतको अभिनय समेत छ । रामबाबु गुरुङ निर्देशित फिल्मलाई घरेलु बक्स अफिसमा महत्त्वका साथ लिइएको छ । 

विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले फिल्म निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप