बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरको सटही दर १२२.७६ रुपैयाँ, अन्य देशको मुद्राको कति ?

बिहीबार, १५ वैशाख २०७९, ११ : ०६
बिहीबार, १५ वैशाख २०७९

आज एक अमेरिकी डलरको सटही दर १२२.७६ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै १२२.७६ रुपैयाँ बिक्री मूल्य र १२२.१६ रुपैयाँ खरिद मूल्य तोकेको हो । यस्तै, आज एक युरोको बिक्री मूल्य १३०.७६ रुपैयाँ र खरिद मूल्य १२९.६१ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५४.४५ रुपैयाँ तथा खरिद मूल्य १५३.७० रुपैयाँ छ । ८७.७२ रुपैयाँ बिक्री मूल्य रहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.३० रुपैयाँ छ ।
यस्तै, ८९.०३ रुपैयाँ बिक्री मूल्य रहेको सिंगापुर डलरको खरिद मूल्य ८८.५९ रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य ९.६० रुपैयाँ तथा खरिद मूल्य ९.५५ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्री मूल्य १८.७३ रुपैयाँ कायम हुँदा खरिद मूल्य १८.६४ रुपैयाँ छ ।

साउदी रियालको बिक्री मूल्य ३२.७३ रुपैयाँ तोकिँदा खरिद मूल्य ३२.५७ रुपैयाँ तोकिएको छ । यसैगरी, कतारी रियालको बिक्री मूल्य ३३.६० र खरिद मूल्य ३३.४३ रुपैयाँ छ । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) को बिक्री मूल्य ३३.४२ रुपैयाँ र खरिद मूल्य ३३.२६ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप