शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

बिहीबार, १५ वैशाख २०७९, १० : १५
बिहीबार, १५ वैशाख २०७९

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर–११ घर भई अहिले सुन्धारा बस्ने सुमन नेपाली छन् । नेपालीलाई बबरमहलबाट  पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।

वैशाख १४ मा पक्राउ परेका उनलाई उच्च अदालत पाटन ललितपुरको २०७७ फागुन १७ मा ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । प्रतिवादीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप