बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले काँग्रेस-माओवादीमा किचलो

बिहीबार, १५ वैशाख २०७९, ०९ : २३
बिहीबार, १५ वैशाख २०७९

स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ । माओवादी केन्द्रका नेता भगीरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । काँग्रेस जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।

गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका-१ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता तिमल्सिना बताउँछन् । श्रेष्ठ भने यो विषयमा सहमति नभएको दाबी गर्छन् । 'वडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली काँग्रेस उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो,' उनले भने ।

बुधबारको बैठकपछि आआफ्नो पार्टीको विवाद मिलाउने सहमत भएको श्रेष्ठले बताए ।​ महाङ्कालमा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध माओवादीका पालिका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।  माओवादीका संजय लामा,रामहरी दुलाल, राजाराम परियार र   बलराम घिमिरेले राजीनामा दिएका हुन् । 

बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले काँग्रेस निर्णय विपरीत क्रमश: अध्यक्ष/उपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । काँग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप