आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल : गुजरात टाइटन्स प्लेअफ नजिक

बिहीबार, १५ वैशाख २०७९, ०६ : ४०
बिहीबार, १५ वैशाख २०७९

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेकाे छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो ।​ हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ विकेट लिए । जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट  १२ अंक जोडेर  दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप