सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महाङ्काल गाउँपालिकामा माओवादी कार्यकर्ताले दिए सामूहिक राजीनामा

बुधबार, १४ वैशाख २०७९, २३ : ३३
बुधबार, १४ वैशाख २०७९

ललितपुरको महाङ्काल गाउँपालिकामा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रका  नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । बुधबार महाङ्काल गाउँपालिका कमिटीका वरिष्ठ उपाध्यक्ष सञ्जय लामासहित ४ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

सामूहिक राजीनामा दिनेमा महाङ्काल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामहरि दुलाल, गाउँपालिका कमिटी सदस्य बलराम घिमिरे,महाङ्काल गाउँपालिका ३ का कोषाध्यक्ष राजाराम परियार रहेका छन् । 

उनीहरुले बुधबार एक विज्ञप्ति जारी गरी पार्टी नेतृत्वले पार्टी पद्धति र सांगठनिक सिद्धान्तको मर्मलाई लत्याएर जनभावना विपरित संगठनलाई अगाडि बढाउने व्यक्तिवादी चरित्र र त्यसका कारण संगठन ध्वस्त हुने देखिएकोले पार्टीबाट सामूहिक राजीनामा दिएको बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप