आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाकी उपराष्ट्रपति ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित

बुधबार, १४ वैशाख २०७९, २१ : ३१
बुधबार, १४ वैशाख २०७९

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । 

शङ्का लागेपछि मंगलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

“उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उनका प्रवक्ताले भनेका छन् ।  

प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेको उल्लेख गरिएको छ । 

उनी राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिएका छन् । 

अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी निर्देशिकाको ५७ वर्षिया उपराष्ट्रपति ह्यारिसले पूर्ण पालना गरेको र नियमित स्वास्थ्य परीक्षण पनि गराइरहेको उनको कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप