युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत
रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् । रुसको भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।
भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताए । युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे ।
उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गरे । आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पनि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन् । तर पछिल्लो समयमा वार्ता नै अवरुद्ध भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पुरा हुँदासम्म पनि युद्ध अन्त्यका लागि ठोस संकट नदेखिएपछि राष्ट्रसंघीय महासचिव रुस आएका हुन् । उनले यसपछि युक्रेनको भ्रमण गर्ने तालिका छ ।
युक्रेन प्रस्थान गर्नुअघि रुसमा आयोजित पत्रकार सम्मेलनमा उनले भन्नुभयो, “म शान्ति प्रक्रियालाई अगाडि बढाउन मस्कोमा आएको हुँ, चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको छु ।” रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता अत्यन्त सकारात्मक र उपलब्धीमूलक भएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !
-
बक्स अफिसमा 'पुष्पा-२' को आँधी, कति पुग्यो कलेक्सन ?