बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिन्धुलीमा प्रेस सञ्चालकको शंकास्पद मृत्यु

बुधबार, १४ वैशाख २०७९, २१ : १४
बुधबार, १४ वैशाख २०७९

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा अफसेट प्रेस चलाउँदै आएका पुष्पराज देवकोटाको शंकास्पद मृत्यु भएको छ । पुष्पदिप अफसेट प्रेसका सञ्चालक तथा मजदुर पुष्पराज देवकोटाको माओवादी कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको उनका परिवारले दावी गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रचार सामग्री छापेको बक्यौता रकम लिन देवकोटा बुधवार माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेका थिए । त्यहाँ उनीमाथि आक्रमण भएको परिवारको आरोप छ । मृतकका छोरा बिवेकराज देवकोटाले माओवादी कार्यकर्ताविरुद्ध  जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिएका छन् ।

सिन्धुलीका एसपी बिमलराज कँडेलले पुष्पराज देवकोटाको मृत्यु भएको रातोपाटीलाई बताए । उनले भने–‘अरु विषय अनुसन्धान हुँदैछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप