गठबन्धनले वैशाख २३ गते काठमाडौंमा सभा गर्ने
बुधबार, १४ वैशाख २०७९, २१ : ०२

सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्ने यसअघिको निर्णय संशोधन गरेको छ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो ।
सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य चुनावी सभाहरू आवश्यकता अनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने गरी कार्यक्रम तय गर्न सक्ने उक्त समितिले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त