बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आयात घटेपछि उद्योगमा काटिन थाल्यो बिजुली

बुधबार, १४ वैशाख २०७९, २२ : ०४
बुधबार, १४ वैशाख २०७९

भारतबाट बिजुलीको आयात घटेपछि उत्पादनमूलक उद्योगमा लाइन काटिन थालेको छ । नेपाल विद्युत प्राधिकरणले विगत ३ दिनदेखि रातिको समयमा उत्पादनमूलक उद्योगको लाइन काटिरहेको जानकारी दिएको हो ।

‘उद्योगमा केही दिनदेखि राति विद्युत आपूर्तिमा डिस्टर्ब छ । विद्युत पाएको बेला दिइरहेका छौं,’ नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङले भने, ‘बिजुली दिन नसकेमा अघिल्लो दिन बेलुका ६ बजे नै पछिल्लो दिनमा लोडसेडिङ हुने/नहुने जानकारी दिन्छौं ।’ 

कुनै बेला स्वीकृति लोडअनुसार नै २४ सै घण्टा विद्युत उपलब्ध गराइए पनि कुनै बेला १२ घण्टा वा १८ घण्टा मात्रै दिनुपर्ने स्थिती रहेको प्राधिकरणले जनाएको छ । आयातको आपूर्ति चेनको आधामा उद्योगलाई विद्युत आपूर्ति हुने घिसिङले जानकारी दिए । 

‘यो समस्या १०/१५ जति होला जस्तो छ । त्यसलै केही समस्या आयो भने बेलुका बिहान केही ठाउँमा विद्युत कटौती गर्नुपर्ने अवस्था हुनसक्छ,’ उनले भने, ‘यो लामो नहुन सक्छ । विहारले पनि एक/दुई दिनमा मिलाउँछौँ भनेको छ । मिलेको बेलामा एकघण्टा अगाडि जानकारी दिएर बिहारले विद्युत दिइ नै रहेको छ ।’

हिउँ पग्लिएर खोला नालामा पानीको बहाव बढ्ने भएकोले उत्पादन पनि बढ्ने भएकोले आन्तरिक उत्पादनले नै पुग्ने बताइएको छ । अहिले अपुग ३ सय मेगावाट हो । गत वर्ष यो बेला दैनिक ८ सय मेगावाट विद्युत आयात भएको थियो । यो करिब ६० प्रतिशत आयात भएको थियो ।

यो वर्ष माथिल्लो तामाकोसीबाट व्यवसायिक उत्पादन सुरू भएकाले आयात घटेको र पिक ऊर्जाको व्यवस्थापन गर्न अत्यन्तै सुविधाजनक छ । पिकमा आयात कम गछौं । २००–२५० मेगावाटको हाराहारीमा मात्र आयात हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप