बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

जाँदाजाँदै आईजीपी क्षेत्रीले भने– ‘तल्लो तहका प्रहरीलाई प्राथमिकतामा राखेर काम गरेँ’

बुधबार, १४ वैशाख २०७९, २० : ३९
बुधबार, १४ वैशाख २०७९

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा तल्लो तहका प्रहरी कर्मचारीलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । बुधवार प्रहरी प्रधान कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै आईजीपी क्षेत्रीले भने–‘माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको छु ।’

आफनो ३० वर्षे पदावधि पुरा गरेर आईजीपी क्षेत्री वैशाख १८ मा अवकाशमा जाँदै छन । अवकाशमा जानुअघि  क्षेत्रीले आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराएका छन् । तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उकास्न प्रहरी नियमावली संशोधन गरेर ३ पदमा बढुवा गरेको कामलाई क्षेत्रीले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा ब्याख्या गरेका छन् ।

प्रहरी सरुवा र बढुवामा राजनीतिक हस्तक्षेप भएको कुरा ‘ओपन सेक्रेट’ भएपनि क्षेत्रीले प्रहरी नियमावलीअनुसार सरुवा र बढुवा गरेको जिकिर गरेका छन् । आफ्नो कार्यकालमा अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ र लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको क्षेत्रीले बताए । ‘नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको छ’ पत्रकारहरुसँग कुरा गर्दै आईजीपी क्षेत्रीले भने–‘नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान बिशेष पहल गरिएको छ ।’

नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उनले प्रहरी ऐन तथा प्रहरी नियमावलीअनुसार काम गरेको बताए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालका प्रमुख उपलब्धिहरू सहितको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप