शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पठाओले वर्ष भरिका उत्कृष्ट राइडर तथा फुडमेनलाई सम्मान गर्ने

बुधबार, १४ वैशाख २०७९, २० : ३४
बुधबार, १४ वैशाख २०७९

प्रसिद्ध राइड सेरिङ्ग (पठाओ)ले वर्ष भरिका उत्कृष्ट आफ्ना राइडर ( क्याप्टेन) तथा फुडमेन, रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । कम्पनीले २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्टेन र फुडमेन साथिहरुले साधै हामीलाई हाम्रो परिवारझैँ साथ दिनुहुने भएको छ’ हमालले भनिन्, ‘उहाँहरुको योगदानको उच्च कदर गर्दै यो कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ उक्त सम्मान वैशाख १८ गते, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरुलाई प्रदान गरिने उनले बताइन् । 

‘सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्याउँ’ भन्ने आशाका साथ कार्यक्रम आयोजना गर्न लागिएको हमालको भनाइ छ । सन् २०१८, सेप्टेम्बर २५ देखि राइड सेयरिङको रुपमा पठाओ नेपालमा सञ्चालनमा आएको हो । पछिल्लो समय राइड सेरिङ्गसँगै कम्पनीले अन्य सेवाहरु समेत सञ्चालन गरिरहेको छ । ९ अगस्ट २०१९ मा कार लाइट अर्थात्  ट्याक्सी सेवा सुरु गरेको पठाओले यसको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना ‘पठाओ फुड’ मार्फत डेलिभरी समेत गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप