शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीमा तोकिएको भन्दा दुई गुणा बढी नुनको प्रयोग

बुधबार, १४ वैशाख २०७९, २० : ०८
बुधबार, १४ वैशाख २०७९

नेपालमा नुनको उपभोग गर्ने प्रतिदिन बढ्दै गएको पाइएको छ । नुनको उपभोग प्रति व्यक्ति प्रतिदिन ९ ग्राम प्रयोग गर्ने गरेको पाइएको हो ।

विश्‍व स्वास्थ्य संगठनले गरेको सिफारिस अनुसार दुई गुणा बढी हो । नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१/२०२५ मा सरकारले राष्ट्रिय नुन उपभोगमा न्यूनीकरण रणनीति बनाइ सार्वजनिक अभियान सञ्चालन गर्ने उल्लेख छ । स्वस्थ खानपान प्रवद्र्धन गर्नको लागि खाद्यान्न र गैर मादक पदार्थजन्य पेयहरु बालबालिकाहरूमा प्रचारप्रसार, खाद्य उत्पादनहरुको सुधार, प्रशोधित खाना र पेयहरुको लागि पोषण लेबलिङ्ग प्रणालीको विकास गर्ने बहुक्षेत्रीय कार्ययोजनामा उल्लेख छ ।

नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबाट स्विकृत बहुक्षेत्रीय कार्य योजनामा रिप्लेस प्याकेजको प्रयोग र आर्थिक नीतिहरूको माध्यमबाट खानेकुराबाट ट्रान्सफ्याट घटाउने उल्लेख छ । विश्व स्वास्थ्य संगठनको सन् २०२३ सम्म खाद्य उत्पादनहरूमा हुने ट्रान्सफ्याट को मात्रालाई निराकरण गर्ने अभियानमा लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालयले जनाएको छ । कुपोषण अधिक तौल र मोटोपना र नसर्ने रोगहरुको सम्बन्धमा सचेतना जगाउन अभियानहरू सञ्चालन गरिने भएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप