बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ : महरा

बुधबार, १४ वैशाख २०७९, २० : ००
बुधबार, १४ वैशाख २०७९

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन् । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले बुधबार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनका विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए ।

गठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको बताए । देश अप्ठ्यारोमा परेको बेला जहिले पनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निकास दिँदै आइरहेको भन्दै महराले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि काँग्रेस र माओवादीको नेतृत्वबाट सम्भव भएको बताए ।

घोराही नगरको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वको जरुरी रहेको भन्दै महराले गठबन्धनले सक्षम र कुशल नेताहरुलाई नगरमा पठाएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप