मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

माओवादी प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

बुधबार, १४ वैशाख २०७९, १९ : ३९
बुधबार, १४ वैशाख २०७९

नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य सुधीर यादवसहितका कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । रौतहटको गरुडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा २०५९ सालदेखि माओवादी प्रदेश कमिटीमा रहेको तर नेतृत्वको स्वार्थको कारण पार्टीले सम्पूर्ण सिद्धान्त छोडेको यादवले बताए । माओवादीको रणनीतिक उद्देश्य भनेको समाजवाद, साम्यवाद स्थापना नभएसम्म हतियार फाल्नु पर्ने थिएन । तर अध्यक्ष प्रचण्डको कारण हतियार फालिएको उनले आरोप लगाए । उनले माओवादी जनयुद्धको उपलब्धि शून्य भएको जिकिर गरे ।

माओवादी पार्टीको उद्देश्य अनुसार निर्वाचन प्रणाली अनुकूल नभएको उनको भनाइ छ । यही बुर्जुवा निर्वाचन प्रणालीमा अध्यक्ष प्रचण्ड रुमली रहेको उनले जिकिर गरे ।  उनले अब स्वतन्त्र वामपन्थीको रूपमा जीवन बिताउने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप