आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंक राजापुर शाखा स्थान्तान्तरण

बुधबार, १४ वैशाख २०७९, १९ : २३
बुधबार, १४ वैशाख २०७९

महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयाेजित एक कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख   शिव प्रसाद चौधरी  र  बैंकका सञ्चालक  दिपक रौनियारले गरे  ।

शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको   उपस्थिति रहेको बैंकले जनाएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरूबारे प्रकाश पारे ।

शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप