उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
![उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन](https://rpcdn.ratopati.com/media/albums/janardan-sharma_HdXEKJTpiL.jpg)
अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन सम्बन्धि मन्त्रालयलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
सो छलफलका क्रममा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताउँदै भने, ‘दुई महिनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’ मन्त्री शर्माले भने, ‘नेपालमा सुचीकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन बृद्धिको अनुमानित तथ्यांकसहित बिहिबार पुनः छलफलमा आउन्’ मन्त्री शर्माले निर्देशन दिए ।
‘हामीले उन्नत जातको बिउ प्रयोग ग¥यौं भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं’ मन्त्री शर्माले भने, ‘मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।’ उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान बापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने समेत उनले बताए ।
‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भने । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।
छलफलमा कृषि सचिव डा. गोबिन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सुचीकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताए । धानको उत्पादकत्व औषतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिदै उनले उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा