गर्भवती महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ
बुधबार, १४ वैशाख २०७९, १८ : ३२

गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ८ गते काठमाडौँको नागढुंगास्थित आफ्नै घरको कोठाभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई विभिन्न डर त्रास देखाई जबरजस्ती करणी गरी फरार रहेका ३५ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको लम्कीचुहा न.पा. वडा नं. २ घर भएका शाहीलाई खोजतलास गर्ने क्रममा बुधबार दिउँसो नागढुंगामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि आज प्रहरी वृत्त थानकोट पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर