बागी उम्मेदवारी फिर्ता लिन रसुवा काँग्रेसको निर्देशन

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् ।
'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयोग गराउन काँग्रेस रसुवा अपिल गर्दछौं,' पार्टी सभापति पेम्बा छिरिङ तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ ।
उम्मेदवारी फिर्ता नलिए काँग्रेसको विधान अनुसार स्वतः साधारण सदस्य समेत नरहने गरी कारबाही हुनेसमेत उनले बताए । जिल्लामा काँग्रेसबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षमा बागी उम्मेदवारी परेको छ ।
त्यसैगरि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमा प्रचार गर्ने, भ्रम सिर्जना गर्ने काम भइरहेकाले तुरुन्तै रोक्नसमेत तामाङले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु