बागी उम्मेदवारी फिर्ता लिन रसुवा काँग्रेसको निर्देशन

person explore access_timeबैशाख १४, २०७९ chat_bubble_outline0

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 


'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयोग गराउन काँग्रेस रसुवा अपिल गर्दछौं,'  पार्टी सभापति पेम्बा छिरिङ तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ । 



उम्मेदवारी फिर्ता नलिए काँग्रेसको विधान अनुसार स्वतः साधारण सदस्य समेत नरहने गरी कारबाही हुनेसमेत उनले बताए । जिल्लामा  काँग्रेसबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षमा बागी उम्मेदवारी परेको छ । 



त्यसैगरि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमा प्रचार गर्ने, भ्रम सिर्जना गर्ने काम भइरहेकाले तुरुन्तै रोक्नसमेत तामाङले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।