बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

३० लाख भन्दा बढीले लगाए बुस्टर डोज खोप

बुधबार, १४ वैशाख २०७९, १७ : ५४
बुधबार, १४ वैशाख २०७९

नेपालमा ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् । नेपालको कुल जनसङ्ख्याको ६६.९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

१२ देखि १८ वर्षसम्मका दुई करोड ३३ लाख २७ हजार ६१९ मध्ये ८३.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयकाअनुसार कम्तीमा एक मात्रा खोप लगाउनेको दर ९५.२ प्रतिशत रहेको छ । नेपालमा खोप अभियान सुरु भएदेखि ४ करोड १४ लाख ५६ हजार ८१२ मात्रा खोप लगाइएको छ । त्यस्तै, मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप