शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १४ वैशाख २०७९, १७ : २९
बुधबार, १४ वैशाख २०७९

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९१ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २५२ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२ लाख ३ हजार ५९० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप