बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

परीक्षा हलमा अनुगमनका नाममा अस्वस्थ वातावरण नबनाउन गृह मन्त्रालयको आग्रह

बुधबार, १४ वैशाख २०७९, १६ : ५९
बुधबार, १४ वैशाख २०७९

देशभर जारी एसइई र अन्य परीक्षामा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठुलो संख्यामा बाह्य व्यक्ति परीक्षा हलमा प्रवेश नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।

बुधवार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर अनुगमनका नाममा पटक–पटक परीक्षा हलमा धेरै मानिस प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ भएको बताएका छन् ।

मन्त्रालयले विश्वविद्यालय वा विद्यालय तहको परीक्षामा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक फोटो र भिडियो नखिच्न पनि आग्रह गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप