सर्यो ऋचाको ‘कौसीद’को रिलिज
बुधबार, १४ वैशाख २०७९, १६ : ४०
फिल्म ‘कौसीद’को रिलिज सर्ने भएको छ । जेठ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज सार्न लागिएको निर्देशक कुमार भास्करले बताए । ‘रिलिज समयसम्म फिल्मको काम नसकिने देखिएर रिलिज सार्न लागिएको हो’ निर्देशक भास्करले भने– ‘अब फिल्म मंसिरमा रिलिज हुनसक्छ ।’ नयाँ रिलिज मिति केही समयपछि निर्धारण हुने भास्करले सुनाए ।
अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्म नेपालभन्दा पहिले विदेशमा रिलिज हुनेछ । विदेशका ४, ५ देशमा फिल्मको रिलिज फिक्स भएको निर्देशक भास्करले जानकारी दिए । केदार भुसालको निर्माण रहेको ‘कौसीद’ मा ऋचाकै मुख्य भूमिका छ । ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई लगायतको अभिनय फिल्ममा देख्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना