शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्यो ऋचाको ‘कौसीद’को रिलिज

बुधबार, १४ वैशाख २०७९, १६ : ४०
बुधबार, १४ वैशाख २०७९

फिल्म ‘कौसीद’को रिलिज सर्ने भएको छ । जेठ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज सार्न लागिएको निर्देशक कुमार भास्करले बताए । ‘रिलिज समयसम्म फिल्मको काम नसकिने देखिएर रिलिज सार्न लागिएको हो’ निर्देशक भास्करले भने– ‘अब फिल्म मंसिरमा रिलिज हुनसक्छ ।’ नयाँ रिलिज मिति केही समयपछि निर्धारण हुने भास्करले सुनाए । 

अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्म नेपालभन्दा पहिले विदेशमा रिलिज हुनेछ । विदेशका ४, ५ देशमा फिल्मको रिलिज फिक्स भएको निर्देशक भास्करले जानकारी दिए । केदार भुसालको निर्माण रहेको ‘कौसीद’ मा ऋचाकै मुख्य भूमिका छ ।  ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई लगायतको अभिनय फिल्ममा देख्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप