शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

निर्माता छविराज ओझालाई मातृ शोक

बुधबार, १४ वैशाख २०७९, १६ : २८
बुधबार, १४ वैशाख २०७९

फिल्म निर्माता छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको बुधबार बिहान निधन भएको हो ।

धरानस्थित नीजि निवासमा आमाको निधन भएको छविराज ओझाले बताए । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट बेलाबेला घरमा जान्थे । कुनै नयाँ कामको थालनी गर्दा उनले सबैभन्दा पहिला आमाको आर्शिवाद लिने गर्दथे ।

थुप्रै फिल्म निर्माण गरेका ओझाले पछिल्लो समय श्रीमती समेत रहेकी अभिनेत्री शिल्पा पोखरेलसँगको घरायसी झगडाले चर्चा रहेका थिए । उनी अहिले नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । बिभिन्न फिल्मकर्मीले सामाजिक संजाल मार्फत डम्बरकुमारीको निधनप्रति शोक ब्यक्त गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप