शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसका वडा सभापति एमालेबाट अध्यक्षका उम्मेदवार

बुधबार, १४ वैशाख २०७९, १५ : ३०
बुधबार, १४ वैशाख २०७९

गठबन्धनका कारण काँग्रेसबाट उम्मेदवार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेदवार बनेका छन् । गलकोट नगरपालिका–६ का सभापति भक्त नेपाली काँग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।

काँग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए । उनी मात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी यमुना देवी शर्मा पनि नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

उनी यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् । शर्माले काँग्रेसबाट उपमेयरको टिकट मागेकी थिइन् । जैमिनीमा काँग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप