मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओलीको मुखमा अँगार छ, उनले ओकल्ने कालै हो : गगन थापा

बुधबार, १४ वैशाख २०७९, ०३ : ००
बुधबार, १४ वैशाख २०७९

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् । उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए ।

 ‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, बुधबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘मैले भने यो कुनै नयाँ कुरा होइन । म त पार्टीको कार्यक्रममा थिएँ । त्यसपछि उहाँहरुले भन्नुभयो । तपाईँलाई त उहाँले पागल भन्नुभयो । मैले भनेँ ठीक छ । मैले फेरि हाम्रो टिमको साथीलाई फेरि भनेँ तपाईँलाई याद छ ? केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छे आएर तपाईं छुट बोल्दै हुनुहुन्छ भन्यो भने उहाँले पागल भन्नुहुन्छ ।’​

​पहिला पनि ओलीले पागल भनेर गोविन्द केसी र सुशीला कार्कीलाई भनेको भन्दै थापाले सनक्क सन्किसकेपछि उनले भन्ने नै पागल शब्द भएको जिकिर गरे । नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप