गहुँको न्यूनतम समर्थन मूल्य तोकियो
बुधबार, १४ वैशाख २०७९, १४ : ४९
सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको क्याबिनेट बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको हो ।
त्यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला साबिक तातोपानी गाविस अन्तरगत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ । यता बारा जिल्ला साबिक प्रसौनी गाविस वडा नम्बर ४ स्थित नेपाल सरकारको नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट बारालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ ।
उता, उत्तर दक्षिण मूलबाट दोभान ओलाङचुङगोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने पनि सरकारले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मापदण्ड नपुगेका व्यक्तिका घडेरी र प्लटिङमा प्राधिकरणको आँखा, व्यवस्थित सहरीकरणको पहल
-
स्वास्थ्य बीमा सुधारको कार्य योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
-
लुम्बिनी प्रदेश सभा बैठक सुरु
-
१७ वर्षपछि घरेलु क्रिकेटमा फर्कन बाध्य भारतीय टोलीका कप्तान
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना
-
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)