शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२ दिन बिदा कायम भएपछि कार्यालय समय बढ्यो

बुधबार, १४ वैशाख २०७९, १४ : ४८
बुधबार, १४ वैशाख २०७९

सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ । 

सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय भने बढेको हो ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

हाललाई यो निर्णय परीक्षणको रुपमा कायम रहनेछ । 
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप