बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सुकीलाई थप पाँच वर्षको जेल सजाय

बुधबार, १४ वैशाख २०७९, १४ : ०१
बुधबार, १४ वैशाख २०७९

सेनाले शासन गरिरहेको म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको छ । सन् २०२१ फेब्रुअरीमा सेनाले देशको सत्ता हातमा लिएदेखि उनी घरमा नजरबन्द छिन् । सेनाले सुकीविरुद्ध श्रृंखलावद्ध बन्द सुनुवाई गरिरहेको छ । 

म्यानमारको सैन्य सरकारले ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीविरुद्ध कैयौं आपराधिक मुद्दा दायर गरेको छ, जुन सबैलाई सुकीले खण्डन गरेकी छन् । मानव अधिकारवादी समूहले सुकीमाथि चलाइएका अदालती कारवाहीलाई नाटकको संज्ञा दिएको छ । 

म्यानमारको राजधानी नेपिडोमा भएको बन्द सुनुवाइपछि सुकीलाई दोषी ठहर गरिएको थियो । सो सुनुवाइमा आम सर्वसाधारण र मिडियाहरुलाई प्रवेश निषेध गरिएको थियो । साथै सुकीका वकिललाई पनि बाहिर पत्रकारसँग बोल्न नपाउने नियम लगाइएको बताइएको छ । 

पछिल्लो पाँच वर्षको जेल सजायपछि सुकीको कुल जेल सजाय ११ वर्ष पुगेको छ । यसअघि उनलाई जुन्ता सरकारले  अन्य विभिन्न मुद्दामा ६ वर्षको जेल सजाय दिएको छ । सुकीमाथि अझै १० भ्रष्टाचार मुद्दामा सुनुवाई हुनै बाँकी छ, जसमा प्रत्येक मुद्दामा अधिकतम १५ वर्षसम्म सजाय दिन सकिने व्यवस्था छ । यदि उनी सबै मुद्दामा दोषी ठहरिन भने उनलाई १९० वर्षसम्मको जेल सजाय हुनसक्छ । 

सुकीका समर्थकहरुले देशको जुन्ता सरकारले सुकीलाई आजीवन कारावासमा राखेर तिनको सत्ता लम्ब्याउने दाउ हेरेको आरोप लगाइरहेका छन् । –बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप