एनएमबि बैंकको थप सुधार, इक्रा नेपालद्वारा रेटिङमा स्तरोन्नोति
इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तरबृद्धि गर्दै "[ICRANP-IR] A” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने जनाइएको छ ।
विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा संजाललगायतको कारण बैंकको रेटिङमा सुधार भएको बताइएको छ । कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुले गर्दा यो स्तर बृद्धि सम्भव भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान