आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँको म्हेपीमा डेरा फोडेर १८ लाख चोरी

बुधबार, १४ वैशाख २०७९, १२ : ५८
बुधबार, १४ वैशाख २०७९

काठमाडौँ महानगरपालिका–१७ म्हेपीमा डेरा फुटाएर करिब १८ लाख मूल्य बराबरको गहना र नगद चोरी भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई म्हेपीमा बस्ने शान्ति खड्काको कोठाबाट नगद १२ लाख ५० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मंगलबार साँझ डेरामा कोही नभएको मौकामा चोरी भएको थियो । चोरीमा संलग्न आरोपीहरू फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप