मोरङबाट २ जना नक्कली डाक्टर पक्राउ
बुधबार, १४ वैशाख २०७९, १२ : ५४

मोरङबाट प्रहरीले दुई जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठगेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डल छन् ।
उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेको र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईजाजतपत्र प्राप्त नलिइकन क्लिनिक सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपहरूलाई जिल्ला अदालतबाट ५ दिन म्याद लिएर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा