शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको मनोनयन

बुधबार, १४ वैशाख २०७९, १२ : ४७
बुधबार, १४ वैशाख २०७९

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले) को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव रहेका छन् ।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष रहेका छन् । । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत रहेका थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी रहेका थिए । त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ ।

नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनीसँग ६५ मतले पराजित भएका थिए । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षका लागि भिड्दै छन् । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप